पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोभिड–१९ पुष्टि

२०७८, १० फाल्गुन मंगलवार १७:२४

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै यही अवधीमा ३ जनाको कोरोना सक्रमणबाट मृत्‍यु भएको छ। त्यसैगरी २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज देशभरी १० हजार ७४७ सक्रिय संक्रमित रहेका छन्

Comments

ताजा खबर