कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त

२०८०, २२ बैशाख शुक्रबार २१:३२

कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले घोषणा गरेको छ । २०२३ मे ०५ मा कोभिड स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गरेको हो ।

डब्लूएचओले जनवरी ३०, २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

कोभिड-१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्लूएचओको तथ्यांकले बताउँछ । तर मृत्यु भएको व्यक्तिहरूको संख्या २ करोड आसपास हुनसक्ने जनस्वास्थ्यविद्हरूले जनाएका ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संकटकाल समाप्तको घोषणा सङ्गै बिश्वब्यापी अर्थतन्त्र सुधार हुने अपेक्षा लिइएको छ ।

Comments

ताजा खबर