तानसेनको ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला विच छलफल

२०७८, ७ भाद्र सोमबार १९:५५

पाल्पा । पर्यटकिय नगरी तानसेन बजारको ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला विच छलफल भएको छ । तानसेन नगरपालिकाकाे सभाहलमा वसेकाे बैठकमा बढ्दै गईरहेको ट्राफिक समस्यालाई न्युनीकरण गर्नुपर्नेमा बैठकमा सहभागीहरूले बताएका छन् । साँघुराे सडकमा वढ्दाे ट्राफिक समस्याले तानसेनमा दुर्घटना बढेको, ट्राफिक जाम बढेको र तानसेन बजारको सुन्दरतामा असर गरेको सहभागीले वताएका छन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनमा बढ्दो ट्राफिक समस्या समाधान गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नगरपालिकाले मात्र चाहेन ट्राफिक समस्या समाधान नहुने भन्दै नगर प्रहरी, ट्राफिक प्रहरी, जनथप प्रहरी, स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

 

बैठकमा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले तानसेनको ट्राफिक समस्या समाधान गर्न निश्चित मापदण्ड अपनाएर सवारी संचालनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि पहिले सूचना प्रकाशन प्रशारण गर्ने र त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले तानसेनको ट्राफिक समस्या समाधान गर्न प्रहरीको सहयोग रहने बताउनुभयो ।

तानसेनको टुडिखेल हुँदै नारायणस्थान मिसन जाने सडक र बारुदखान क्षेत्रमा अत्याधिक ट्राफिक समस्या हुने गरेको बताउँदै जथाभावी गोदाम लोडअनलोडले समस्या थपिएको छ ।  मालबहाक तथा ठूला सवारीसाधनलाई निश्चित समय तोकेर मात्र बजारभित्र संचालन गर्न दिनुपर्ने, गोदाम, ग्यारेज, हार्डबेयर र ग्रील उद्योग मुख्य बजारभन्दा बाहिर संचालन गर्नुपर्ने, शित्तलपाटीदेखि नारायणस्थान असनटोलमा वान वे सवारी संचालन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

वजारमा रहेकाे अव्यवस्थित पार्किङ्गले सवारी आवागमनमा समस्या हुने गरेकाे छ । समाधानका लागी अव्यवस्थित पार्किङ्ग गर्ने  सवारीसाधनलाइ कारवाही गर्नुपर्ने सहभागीले वताएका थिए ।

Comments

ताजा खबर