ढलको पानीलाई सुद्धिकरण गरि पुन: प्रयोग गर्न समुदायमा अन्तरक्रिया

२०७७, ७ चैत्र शनिबार ०९:०६

पाल्पा । लुम्बिनी प्रदेशमा नै नमुनाको रुपमा निर्माण गर्न लागिएको ढलवाट आउने फोहोर पानीलाई सुद्धिकरण गरि पुन: प्रयोजन गर्ने (waste water treatement plant) वारेमा अन्तरक्रिया भएको छ । समुदायलाई जानकारि दिने र स्थानिय समुदायवाट त्यसको प्रतिकृया लिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
युनाइटेड मिशन हस्पिटल सामुदायिक स्वाथ्य विभाग र तानसेन नगरपालिका वडा नम्वर १ अन्तरगत रहेका भुसलडाँडा टोल विकाश संस्था, श्री दुर्गाभवानी टोल विकाश सँस्था र प्रगति टोलविकाश सँस्थाका प्रतिनिधि विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा अस्पतालकी समुदाय स्वाथ्य विभाग प्रमुख पार्वती गौतमले सहजीकरण गरेकि थिइन । स्थानिय समुदायहरुले फोहोर पानीलाई प्रशोधित गरि हामीहरुले नै प्रयोग गर्न पाउनु आफैमा सराहनीय कार्य भएको हुँदा यसमा स्थानिय स्तरबाट गर्नुपर्ने सहयोगका लागि आफुहरु तयार भएको सहभागीले बताएका छन । पानी सुद्धिकरण भएपछि प्रशोधित पानी प्रयोजनका लागी सम्वन्धित टोललाई प्राथमिकता दिनुपर्ने बताएका छन ।
उक्त परियोजनाको निर्माण पछि तानसेन नगरपालिकाको यो वडा मात्र नभै पाल्पा जिल्लाकै गौरव बढ्ने र प्रर्यटकलाई हेर्न लायक स्थलको रुपमा आफ्नो ठाउँ रुपान्तरण हुने देखेर आफुलाई खुसि लागेको प्रतिकृया कार्यक्रमका जयराम सापकोटाले दिए । कार्यक्रम भुसलडाँडा टोल विकाश संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको थियो ।

Comments

ताजा खबर