एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो ।
समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो । यससमूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको छ ।
रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८–८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिगखेल्नेछ । ६ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको छ ।
खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो । लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलुटोलीलाई अघि बढाएका थिए । रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीकागोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे ।
३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । त्यसअघिपाहुना टोलीका फरवार्ड एलेसन प्लेयाले वन भर्सेस वनमा गरेको प्रहार बाहिरिंदा रियलको अग्रता जोगिएको थियो ।
दोस्रो हाफको ५९ औं मिनेटमा गोलरक्षक सोमरले टोनी क्रुसको प्रहारमा उत्कृष्ट बचाउ गर्दै रियललाई अग्रता बढाउन दिएनन् । ७३ औंमिनेटमा सोमरले अर्को उत्कृष्ट बचाउ गरे । रामोसको हेडरलाई सोमरले बचाएपछि आएको रिबाउन्डमा बेन्जेमाको प्रहार क्रसबारमालागेर फर्किएको थियो ।