देवघाट गाउँपालिकाको आफ्नै भवन निर्माण शुरु

२०७७, ११ कार्तिक मंगलवार १२:५२

दमौली,स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएको हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको सो गाउँपालिका क्युदीमा भवन निर्माण शुरु भएको हो सङ्घ प्रदेशसरकारबाट बजेट प्राप्त भएपछि पालिकाले निर्माणको काम शुरु गरेको अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो

फोटो फाईल

कूल रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँचसय ८० मा सम्झौता भएको भवन निर्माणको ठेक्का रविना÷अविसा जेभी काठमाडौले पाएको निर्माण कम्पनीसँग गत असार १९गते सम्झौता भएको थियो विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने अवधि तोकिएको

गाउँपालिकाले हाल दुई वडा घर भाडामा लिएर सञ्चालन गर्दै आएको बिजुली, पानीसहित गाउँपालिकाले कार्यालय सञ्चालनकालागि मासिक रु ८० हजार भाडा तिर्ने गरिएको

भवन निर्माणका लागि सङ्घ सरकारले रु दुई करोड रु प्रदेश सरकारले रु एक करोड सहयोग गरेको भने गाउँपालिकाले चालूआर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु