गुल्मी प्रवेशमा थप कडाई, पिसिआर रिपोर्ट अनिवार्य

२०७७, १३ भाद्र शनिबार ११:२५

पाल्पा । गुल्मी जिल्लामा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले यस्तो निर्देशन जारी गरेको हो । प्रशासनका अनुसार भदौ १९ गते राती १२ बजे सम्म यो नियम लागू हुनेछ । जिल्लामा प्रबेश हुने सबै नाकाहरुमा कडाई गराइएको छ ।

जारी निर्देशनमा भनिएको छ । “यस जिल्ला भित्र आउदा प्रयोग हुने नाका रुरुक्षेत्रको रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी, कालिगण्डकीको पूर्तिघाट र हर्मिचौरमा २४ सै घण्टा सुरक्षा निकाय परीचालन गरी बाहिर जुनसुकै ठाउबाट आउदा RT – PCR Report नभै प्रवेश नदिईने / RT – PCR Report ( Negative ) नभए कम्तीमा १० दिन सम्बन्धित पालिकाले तोकेको क्वारेन्टिन ( Quarantine ) मा अनिवार्य रुपमा बस्नु पर्नेछ । साथै लुकीछिपी आउने र क्वारेन्टिन छोडी भाग्नेलाई कानूनी कार्वाही हुनेछ” ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निर्देशन पूरा बिबरण हेर्न यहाँ थिच्नुहोस ।

 

Comments

ताजा खबर