पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ l
चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
अब नेपालमा कोरोना संक्रमित संख्या १८ हजार चार सय ८३ जना पुगेका छन्।

 
																							 
																							 
																							