काठमाडौं । कोरोना भाईरस को कारण लकडाउनका भएकोले बन्द भएको मालपोत कार्यालय भोलि(आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।