काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। अन्तिम मतपरिणामअनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने **नेकपा (एमाले)**का उम्मेदवार चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन्।
डडेल्धुरा लामो समयदेखि नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बलियो निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको थियो। तर यसपटक देउवा चुनावमा नउत्रिएपछि कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो।
यस निर्वाचनमा भने रास्वपाका जोशीले जित निकाल्दै देउवाको किल्ला मानिने डडेल्धुरामा नयाँ राजनीतिक सन्देश दिएका छन्।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…
काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…