बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन जाने क्रममा शुक्रबार दिउँसो चट्याङ लागेर उनको असामयिक निधनपछि आदर्श टोल, नव आदर्श टोल र काली मन्दिर क्षेत्रअन्तर्गत बिर्तामोड-३ र बिर्तामोड-९ का स्थानीय बासिन्दाहरुले सहयोग रकम तथा सामग्री संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका छन्।
सहयोग संकलनमा संयोजकको भूमिका गणेश उप्रेतीले निर्वाह गरेका थिए भने बिर्तामोड–३ वडाध्यक्ष मदन बुढाथोकी आदर्श नव युवा क्लबका अध्यक्ष प्रकाश आचार्य, सदस्य प्रकाश भण्डारी, सुशील शिवाकोटी, संजय पौडयाल, समाजसेवी इन्द्र बुढाथोकी, मिलन खडका लगायतको सक्रिय सहभागिता रहेको थियो।
यस क्रममा रु. १२,९१५ नगद रकम सङ्कलन गरिएको थियो यो रकमबाट ३ बोरा (९० केजी) चामल, ५ केजी चिनी, ५ केजी फलफूल, ५ केजी नुन, एक कार्टुन तोरीको तेल, १० केजी गउको पिठो  नगद       रु ९३५ एवं अन्य खाद्यान्न सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी मोहन कुमार पौडयाल, बमबहादुर चौधरी, सलिना पौडयाल, प्राञ्जल घिमीरे, प्रसुन बस्नेत, कमला कटवाल लगायतको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरुले यस प्रकारको विपद्को घडीमा परस्पर सहयोग र ऐक्यबद्धताले समाजलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago