गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त भएकी छन्

२०८०, ११ माघ बिहीबार १६:३६

काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन्।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो।

यसअ‍घि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन्।

उनको नियसक्तिसँथै ‍गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु