झापा- भाषा संघ नेपाल (ल्यान)को पोखरामा मंगलबार सम्पन्न आठौं साधरणसभा तथा पाँचौं अधिवेशले भान्साकार्यको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ। भाषा संघ नेपाल (ल्यान) को अध्यक्षमा सृजन भान्साकार्य चयन भएका छन् ।
संघको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ, द्वित्तिय उपाध्यक्षमा सबिता शेरचन, महासचिवमा बाल कृष्ण शर्मा, सचिवमा सबिन गौतम र कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकरलाल श्रेष्ठ, लक्ष्मण पहारी, पूर्णकुमारी गुरुङ र सूर्य गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संघको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भान्साकार्यले भाषा संघ नेपाल जापानी भाषालाई जोड दिने कन्सल्टेन्सीहरुको साझा संस्था रहेको बताए । उनले आफ्नो कार्यकालमा संघले विगतमा गरेका कामहरुलाई निरन्तरता दिँदै सबैलाई समेटेर थप रचनात्मक कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै नवनिर्वाचित महासचिव बालकृष्ण शर्माले विद्यार्थीहरुको हक हितमा रहेर काम गर्नका लागि स्थापित भएको संस्थाका नयाँ कार्यसमितिले सबैको भावनालाई बुझेर अझ जोसका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
यसअघि साधरणसभाको पोखरा मत्स्य पालन परियोजनाका पूर्व एग्रीकल्चर विशेषज्ञ वादा मासाओले उद्घाटन गरे । उनले भाषा संघ नेपालको प्रगतीको कामना गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा इक्यान केन्द्रियउपाध्यक्ष भुवन क्षेत्रीले इक्यान र ल्यानका साझा मुद्दाका सवालमा सहकार्य गर्दै मिलेर जाने प्रतिवद्धता व्यक्त गरे ।
जे टेस्ट परीक्षा सञ्चालक नेपाल प्रमुख कृपानाथ श्रेष्ठ, इक्यान कास्कीका अध्यक्ष रमेश थापा, नेपाल भाषा संघ कास्कीका संस्थापक अध्यक्ष तथा सल्लाहकार यूवराज खनाल, निवर्तमान अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायतले संस्थाको प्रगतीको कामना गर्दै भइरहेका गतिविधिलाई निरन्तरता दिने गरि अगाडी बढ्न आग्रह गरे ।
यस्तै साधरणसभाले महासचिव बाल कृष्ण शर्माको संस्थाको वार्षिक कार्यप्रगति र कोषाध्यक्ष सबिता शेरचनको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष पूर्णचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सृजन भान्साकार्य, र सञ्चालन महासचिव बाल कृष्ण शर्माले गरेका थिए ।
संस्थामा ४५ पोखराका विभिन्न ४५ वटा कन्सल्टेन्सीहरु आवद्ध छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…