“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले मेयर बालेन्द्र शाह र एमालेबीच भइरहेको विवादलाई निको नलागेको टिप्पणी गरे। तामाङले काममा प्रतिष्पर्धा गर्नुपर्ने र शब्दयुद्ध नगर्न सुझाएका छन्।

उनले काठमाडौँको विकास र धरहराको व्यवस्थापनको जिम्मेवारी महानगरलाई सुम्पनुपर्ने बताउँदै, राजधानीमा कुनै विवादले जनतामा नकारात्मक असर पार्न नहुनेमा जोड दिए। साथै, उनले भ्रष्टाचारविरुद्धको कानूनी प्रस्ताव आफूले अघि सारेको र वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरिरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे।

तामाङले मुलुकमा विकास निर्माणका काम अघि बढिरहेको दाबी गर्दै धरहरा, नागढुंगा सुरुङमार्ग, हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, र हिमाली पर्यटनमार्गका परियोजनाहरूको प्रगतिका विषयमा चर्चा गरे।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago