NESAJ को अधिवेशन जनवरी २८ ओसाकामा हुने ।

जापान । नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा आउनुभएको नेपाली बिद्यार्थी हरुको साझा संस्था नेपाली विद्यार्थी समाज ( नेसाज ) को २० औँ राष्ट्रिय अधिवेशन जनवरी २८ मा हुँदैछ ।

आधिबेशन ले नयाँ नेतृत्व चयन सहित संस्थालाई गतिशील दिनका लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टर मा आगामी जनवरी २८ तारिख अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुषाल ले जानकारी दिनु भएको छ । 

नेसाजले जापानमा रहेको दुतावास तथा एनआरएनए लगाएत संघसस्था सँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न अपत बिवतमा सहयोग गर्दै आईरहेको र पछील्लो समय जापानमा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुदै गर्दा नेसाजले खेल्नु पर्ने भूमिका अझै बढेको बताउनु भयो ।

सन् १९९७ स्थापना कालदेखि नै निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारि  भूमिका  ल गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपालीसमाज लाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण   भुषाल ले जानकारी दिनुभएको छ ।

संस्थाले हाल सम्म नेपाली बिद्यार्थी हरुका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली बिद्यार्थी हरुमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको समेत महासचिव सञ्जय कार्कीले जानकारी  दिनु भयो। जापानमा बिद्यार्थी  का रुपमा आई अध्ययन पछी बिभिन्न पेसा ब्यवसाएमा अवद्द हुनु भएका अग्रज एवम बिज्ञ हरुको समेत उपस्थिती रहने भएकाले अग्रजको अनुभव सुन्दै आफ्नो भविश्य उज्वल बनाउने अवसर पनि भएकाले  जापानमा रहनुभएका सम्पूर्ण नेपाली बिद्यार्थी हरुमा उत्साहजनक सहभागिता को लागि कार्यक्रम संयोजक बिकास अधिकारीले आग्रह समेत गर्नुभयो ।

साथै विद्यार्थीमा  भएको प्रतिभा उजागर गर्नका लागि नाचगान या सन्देश मुलक गजल कबिता वाचन गर्ने विधार्थी लाई सम्मान पत्र प्रदान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विधार्थीले आयोजक लाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गर्नु भएको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago