भाक्का दिवसमा डोमालाल राजवंशीको छोरी सम्पत्ति सम्मानित

२०८०, २९ पुष आईतवार १५:२६

बिर्तामोड, पुस २९ । सातौँ भाक्का दिवसको अवसर पारेर स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ ।

राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास समितिले आयोजना गरेको भाक्का दिवसमा आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । रंगशालासहित १४ बिघा जमिन राजवंशी परिवारले दान गरेको थियो ।

कोशी प्रदेशको स्तरीय रंगशालाको रुपमा रहेको डोमालालमा प्रतिष्ठित फुटबल टुर्नामेन्टहरु हुँदै आएका छन् । जग्गादाताको रुपमा राजवंशी परिवारलाई सम्मान गरिएको हो । रंगशालामा अहिले भाक्का दिवस कार्यक्रम सञ्चालन भइरहेको छ ।

१५० जना महिलाले दुई हजार किलो चामलको भाक्का बनाएर निःशुल्क रुपमा सर्वसाधारणहरुलाई खुवाइरहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु