मच्छिन्द्र क्लबविरुद्ध २-१ को जित निकाल्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

२०८०, २३ फाल्गुन बुधबार २०:११

झापा । त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २-१ को जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे । तर, अग्रतालाई जोगाउन नसक्दा मच्छिन्द्रले पराजय भोग्न पर्यो । पहिलो आफमा केही कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई दबाबमा राख्न सक्यो । दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन । आर्मी झापा गोल्डकपको उपाधि दाबेदार मानिन्छ ।

बुधबार खेलको म्यान अफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।बिहीबार आयोजक झापा-११ एन्फा मकवानपुरबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु