अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु

२०८०, २० माघ शनिबार ०८:२९

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा जीप दुर्घटना भएको छ ।  लु १ ज १६७९ नम्बरकाे जीप दुर्घटनामा परेको हो ।  देउराली यातायात प्राली अर्घाखाँचीकाे सभारी जीप दुर्घटना भएको हो ।

तस्बिर : टेकराज फोटोग्राफी ।

प्रा लि का अध्यक्ष गोबिन्द बन्जाडेका अनुसार  दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। घाइते तथा मृतकको पहिचान भैसकेको छैन । शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको स्थानीयले बताएका छन । दुर्घटनामा परेको गाडी करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्।

Comments

ताजा खबर