गोर्खालीले सँगको संगतले बनायो कलाकार “कलाकारले घन्काए पन्चेबाजा”

२०८०, १४ मंसिर बिहीबार ११:५३
झापा। नेपालमा बिहेको लगन अनी मंसिर लागे सँगै नयाँ पञ्चेबाजा गीत ‘रामलाई रानी’ सार्वजनिक भएको छ। शिशिर परियार, मनोज परियार र तारा बिसीको आवाजमा रहेको पञ्चेबाजाको गीत रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गोर्खिली भ्वाईसको सांस्कृतिक सम्योजक “लोक सर्जक” हेमनाथ खरालले जापानको टोकियोबाट सञ्चालित दोहोरी प्रतियोगिता प्रतेक सिजन हरु बिजेता कलाकार हरुलाई लाई अबसर प्रदन गरी नब कलाकार स्थान दिने गरी यो गीत निर्माण गरिएको बताउनु भयो ।
‘वियोगान्त गीत धेरै बनाएका श्रजकद्वय ले एउटा रमाइलो दोहोरी गीत बनाउने इच्छाले यो पञ्चे बाजाको गीत निर्माण गरेको बताय । ’ लोक दोहोरीको क्षेत्रलाई करियर बनाएर स्वदेशमा लामो अनुभव संगालेका गायक तथा संगीतकार रामचन्द्र चन्द र प्रवासमा बसेर लोकलय विधामा कलम चलाउने हेमनाथ खरालको सहकार्यमा ‘वियोगान्त गीत धेरै बनाएका श्रजकद्वय ले यो पटक भने रमाइलो पञ्चेबाजाको दोहोरी गीत सिर्जना गर्ने रहर लागेर ‘रामलाई रानी’ निर्माण गरेको बताउनु भयो ।
नेपाली परिवेश र नेपाली जनजीवनको प्रतिनिधित्व गर्ने गित पन्चेबाजा सारै मनपरेको भन्दै गोरखाली भ्वाइस का निर्माता बिश्वास आचार्य र निर्देशक संजय पौड्यालले भिडियो निर्माण मा सहकार्य गरेका छन।
पञ्चेबाजाको गीत भएको हुनाले उदियमान पञ्चेबाजा सेट वादक शिशिर परियारलाई वाद्यवादनका लागि आमन्त्रित गरिएको छ।  मृदु प्रतिभा गायिका तारा विसीको स्वर रहेको छ।  नौमती सेट का सबै बाजा बजाउने शिषिर परियार ले गाएको यो पहिलो एल्वम हो, जसले सयौँ गित हरुमा सहनाइ बजाइ सकेका छन् उनि गुल्मी मुसिकोटका बासिन्दा हुन्।
गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन दुईका प्रमुख सल्लाहकार तथा वरिष्ठ संगीतकार नारायण रायमाझी, जुरीमा रहेका सुप्रसिद्ध लोक श्रजक साहित्यकार रमेश बिजी, निर्णायक परदेशी गायक सुर्य खड्का, निर्णायक तथा वरिष्ठ गायिका शर्मिला गुरुङको प्रत्यक्ष आशिर्वाद रहेको खरालले बताए ।
 कृति के कस्तो बन्यो हामिले भन्दा पनि तपाईंहरुले शुभ चिन्तक, दर्शक श्रोताहरुले, सुझाव पठाइदिन कञ्जुस्याइँ नगरिदिन तथा मन परे शेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।’ लोक गायक रामचन्द्र चन्दले भने। गीतबाट आफुहरु निकै आशावादी रहेको गायक त्रय शिशिर, मनोज र ताराको भनाइ छ।
गीतको म्युजिक भिडियोलाई हेमनाथ खरालले निर्देशन गरेका छन भने बबिता श्रेष्ठको कोरियोग्राफी रहेको छ। पुरन गाहा, बबिता श्रेष्ठ, नारायण बस्याल, स्वस्तिका कर्माचार्य आदिको अभिनय रहेको भिडियोलाई सुनिल विश्वकर्माले छायांकन गरेका हुन भने अमृत चापागाँईले सम्पादन गरेका हुन।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु