रास्वपाको कान्तो क्षेत्रीय समितिको गठन ।

जापान । जापानको कान्तो क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको शनिवार भएको एक भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय समितिको गठन गरेको छ।

सामाजिक अभियन्ता तथा युवा व्यवसायी प्रेमप्रसाद कँडेलको अध्यक्षतामा गठन गरिएको सो समितिको उपाध्यक्षमा सुशीला भट्ट, महामन्त्रीमा कमल बजगाई, सह-महामन्त्रीमा शिशिर सूरखेती, कोषाध्यक्षमा विशाल वि.के. र सह-कोषाध्यक्षमा राजु भण्डारी रहेका छन् । सो समितिको सदस्यहरूमा सदीप शर्मा, कुमार लामा, दीपक सुवेदी, विशाल क्षेत्री, सुनोद अधिकारी, सन्जय थापा, चुडामणि कार्की, टेकबहादुर क्षेत्री, अमृत आचार्य, निशान अधिकारी, पदम अधिकारी, टेनिस पुन, सुनिल सापकोटा, अनिलकुमार किशान र मोना पाण्डेलाई चयन गरिएको छ । 


प्रवास नेपाली सम्पर्क विभाग-जापानको सभापति दिलेन्द्रप्रसाद जोशीको अध्यक्षतामा भएको सो भेलाको प्रमुख अतिथिमा प्रवास नेपाली सम्पर्क विभाग-नेपालका उप-संयोजक केशवअधिकारी रहेका थिए । पार्टीले उठान गरेका विषय र एजेण्डाहरू विश्वभर छरिएर रहेका नेपालीहरूको भरलाग्दो पार्टीका रूपमा रास्वपा छोटो समयमा नै स्थापित भएकोले आफूहरूपनि समाहित भएको स्पष्ट पार्दै अध्यक्ष कँडेलले अब सबै नेपाली नागरिकहरूले जहाँ रहेपनि देशमा सुशासन स्थापना र आमूल परिवर्तन लागि मन परिवर्तन गर्नु आवश्यक रहेको दावी गरे । “यसका लागि सबैभन्दा उत्तम विकल्प भनेको अब रास्वपामा सहभागी भएर अग्रगामी सोंचसहित बृहत्तर हीतमा लाग्नु नै एकमात्र विकल्प हो”, उनले भने ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago