प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह सम्मानित

२०८०, १३ पुष शुक्रबार २०:५१

बिर्तामोड। प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् ।

मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड–२ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो ।

राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका देविका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार क्षेत्रको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा दाताहरु लिला–निला राउत र मनमाया खत्रीलाई समेत सम्मान गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु