बिर्तामोडमा गज्जवकोले नेपालमै पहिलो झापा युटुव स्टार सञ्चालन गर्दै

२०७९, १६ फाल्गुन मंगलवार १९:५९

बिर्तामोड । नेपालमै पहिलो पटक झापामा नव प्रतिभाको खोजी गर्दै उनीहरुलाई स्थापित गराउने उद्देश्यले  झापा युटुव स्टार सञ्चालनको तयारी थालिएको छ ।

गज्जवको इन्टरटेन्मेन्ट प्रालिले फागुन २३ र २४ गते पब्लिक राउण्डको कार्यक्रम गर्न लागेको सोमवार झापाको बिर्ताबजारस्थित कार्यालयमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।

गत असोज महिनाबाट प्रतियोगिताका लागि अडिसन राउण्ड शुरु भएको हो । प्रतियोगिताका लागि फागुन ३० गतेसम्म भिडियो प्रतियोगिता रहने बताइएको छ । कार्यक्रममा झापा जिल्लाभारका ३ सय प्रतिभाहरुले सहभागीता जनाउन लागेको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धक दिप श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नृत्य, गायन, अभिनय साथै विभिन्न किसिमका कलात्मक प्रस्तुतिलाई समावेश गराइने बताइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने पब्लिक राउण्डमा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ ।

प्रतियोगिताले समुदायमा रहेका लोपोन्मुख कला संस्कृति र संस्कारको उजागर गर्ने अपेक्षा गरिएको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक सुस्मिता गुरुङले बताएकी छिन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु