फोटो र भिडिओ डिलिट नगरिकनै आईफोनको स्टोरेज खाली गर्नयसो गर्नुहोस्

२०८०, ११ पुष बुधबार १५:१६

काठमाडौं । यदि तपाईंको आईफोनमा धेरै भिडिओ, फोटो तथा एप हुँदा स्टोरेज सीमित हुन गई पछिल्लो आईओएस सफ्टवेयर  अपडेट इन्स्टल गर्न सकिरहनु भएको छैन ?

आज हामी तपाईंलाई कुनै पनि चिज डिलिट बिना अनि पैसा समेत खर्च नगरी अपनाउन सकिने एउटा समाधानको उपाय बताउँदै छौं ।

यस बाहेक तपाईंले आईओएसमा रहेका केही अन्य फिचरको सहयोगमा आफ्नो आईफोनको स्टोरेज खाली गर्न पनि सक्नु हुन्छ ।

तपाईं दुई ओटा बिल्ट-इन आईओएस सेटिङ पाउन सक्नु हुन्छ, जसले तपाईंलाई उल्लेखनीय मात्रामा आईफोनको स्टोरेज खाली गर्न सघाउँछन्ः एउटा स्थायी हो अनि अर्को अस्थायी ।

यसो गर्दा तपाईं सफ्टवेयरको पछिल्लो अपडेट इन्स्टल गर्न, थप फोटो तथा भिडिओ खिच्न अनि थुप्रै एप डाउनलोड गर्न सक्नु हुन्छ ।

फोटो र भिडिओ अप्टिमाइज गर्नुहोस्

यदि तपाईं आफ्नो अमूल्य सम्झना कायम राख्न चाहनु हुन्छ, तर त्यस सँगसँगै केही स्टोरेज खाली पनि गर्न चाहनु हुन्छ भने सबैभन्दा सजिलो उपाय भनेको तपाईंको आईफोनमा रहेका फोटो र भिडिओलाई अप्टिमाइज गर्नु हो ।

डिफल्ट रूपमा प्रत्येक समय तपाईंले लिने फोटो अथवा भिडिओ फुल रेजोलुसन सहित डिभाइसमा सेभ भएर बसिरहेका हुन्छन् । यदि तपाईं उच्च रेजोलुसनमा फोटो र भिडिओ खिच्दै हुनु हुन्छ भने तिनले निकै धेरै स्थान ओगटिरहेका हुन्छन् ।

६० एफपीएसमा खिचिएको एक मिनेट लामो फोरके भिडिओले लगभग ४०० एमबी स्पेस ओगट्छ, त्यो भनेको लगभग आधा जीबी हो । आफ्नो फोटो र भिडिओ अप्टिमाइज गर्नका लागि आईफोनको सेटिङ हुँदै फोटोजमा जानुहोस् अनि अप्टिमाइज आईफोन स्टोरेज टोगल गर्नुहोस् (यसलाई काम गर्न दिनका लागि तपाईंले आईक्लाउड फोटोज सेटिङमा गएर इनेबल अर्थात् अन गरेको हुनुपर्छ) ।

तपाईंको आईफोनमा कति फोटो र भिडिओ रहेका छन् भन्ने आधारमा यसले केही धेरै समय लिन सक्छ, तर एक पटक पूरा भएपछि तपाईंले आफ्नो डिभाइसमा उल्लेखनीय थप स्थान पाउनु हुनेछ ।

यति गरेपछि फुल-रेजोलुसन भएका तपाईंका सम्पूर्ण फोटो र भिडिओ तपाईंको आईक्लाउडमा ट्रान्सफर हुन्छन् भने सानो तथा कम रेजोलुसनमा रहेका भने तपाईंको डिभाइसमै बस्छन्, जसले थोरै मात्र ठाउँ ओगटेका हुन्छन् ।

यदि तपाईं आफ्नो उच्च रेजोलुसन युक्त फोटो तथा भिडिओमा पहुँच बनाउन चाहनु हुन्छ भने तपाईं फोटोज एपमा गएर अप्टिमाइज गर्नुपर्ने कुनै पनि फाइल डाउनलोड गर्न सक्नु हुन्छ । तर यसका लागि तपाईंलाई राम्रो इन्टरनेट कनेक्सन भने चाहिन्छ ।

तपाईंले भर्खरै खिचेका फोटो र भिडिओ फुल रेजोलुसनमा रहन सक्छन्, त्यसैले तपाईंले प्रत्येक फोटो अथवा भिडिओ डाउनलोड गरिरहनु पर्दैन । यदि तपाईंसँग पर्याप्त आईक्लाउड स्टोरेज छैन भने नयाँ फोन लिनुको साटो आफ्नो क्लाउड अपग्रेड गर्न सक्नु हुन्छ ।

यसका लागि आफ्नो आईफोनमा रहेको आईक्लाउड अपग्रेड गर्न सेटिङ हुँदै आफ्नो नाम>आईक्लाउड>म्यानेज अकाउन्ट स्टोरेज>बाई मोर स्टोरेजमा जानुहोस् । त्यहाँबाट आफूलाई उपयुक्त प्लान छनौट गरेर दिइएको निर्देशन अनुसारर अगाडि बढ्न सक्नु हुन्छ ।

ठूला एप अफलोड गर्नुहोस्

पक्कै पनि तपाईं आफ्नो आईफोनमा रहेका सम्पूर्ण एप्लिकेसन प्रयोग गर्नु हुन्न । ती मध्ये धेरैजसो मोबाइलमा यत्तिकै बसिरहेका हुन सक्छन् ।

चाहे तपाईंले ती एप कहिले काहिं प्रयोग गरे पनि धेरैजसोमा सम्भवतः दैनिक जानु हुन्न । त्यसैले तत्कालै थप स्टोरेज आवश्यक परेको खण्डमा एप अफलोड गर्ने कुरामा विचार गर्नुहोस् ।

मानौं तपाईं आईओएसको पछिल्लो अपडेट डाउनलोड गरी इन्स्टल गर्न खोज्दै हुनुहुन्छ । यदि त्यो आईओएस १६ जस्तो मुख्य अपडेट हो भने तपाईंलाई उक्त सफ्टवेयर इन्स्टल गर्न पाँच जीबी जति स्टोरेज आवश्यक पर्न सक्छ ।

यदि त्यो आईओएस १६.१ जस्तो प्वाइन्ट अपडेट हो भने करिब एक जीबी चाहिने होला । अनि तपाईंसँग त्यस्ता अपडेटका लागि पर्याप्त स्टोरेज छैन भने तुरुन्तै एप अफलोड गर्न सक्नु हुन्छ, यो भनेको एप राखिरहनु र डिलिट गर्नु बीचको अवस्था हो ।

यसका लागि सेटिङमा गएर जनरल हुँदै आईफोन स्टोरेजमा जानुहोस् र कुनै एपले सबैभन्दा धेरै स्टोरेज ओगटिरहेको छ हेर्नुहोस् । फोटोज, मेसेजेज जस्ता निश्चित बिल्ट-इन एपलाई भने अफलोड गर्न सकिंदैन, त्यसैले यो विषय दिमागमा राख्नुहोस् ।

यदि तपाईंले त्यस बाहेक अफलोडका लागि अन्य कुनै एप फेला पार्नु भयो भने त्यसमा थिच्नुहोस् र अफलोड एपमा दबाउनु होस् । केही बेर पर्खिनुहोस् अनि उक्त एप अफलाइनका लागि रिमुभ हुनेछ, यसो गर्दा तपाईंका कागजात र डेटा तपाईंकै आईफोनमा सेभ भएरै बसिरहेका हुन्छन् ।

यदि तपाईंलाई सफ्टवेयर डाउनलोड गर्न अस्थायी तवरमा स्टोरेज आवश्यक परेको हो भने उक्त सूचीमा जानुहोस् र मिल्ने जति प्रत्येक एपलाई अफलोड गर्नुहोस् । प्रत्येक एप अफलोड गर्दा खाली हुने स्टोरेजको मात्रा फरक फरक हुन सक्छ, त्यसैले एपको साइजसँगै रहेको अङ्क हेर्नुहोस् ।

यदि अफलोड गरिएको एप तपाईंको होम स्क्रिनमा छ भने डाउनलोड गर्नका लागि त्यसमा ट्याप गर्नुहोस् । तपाईंले पुनः साइनइन गर्नु अथवा अरू केही गर्नु पर्दैन; तपाईंसँग कहिल्यै डिलिट नगरिएको एपमा जत्तिकै पहुँच हुन्छ ।

तपाईंले पर्याप्त स्टोरेज खाली नभएसम्म जति पनि एपलाई अफलोड गर्न सक्नु हुन्छ । अफलोड गरिएको एप तपाईंले चलाउन सक्नु हुन्न, तर यदि तपाईंले उक्त एप पुनः फिर्ता ल्याउनु पर्‍यो भने एप लाइब्रेरीमा गएर आईक्लाउड बटनमा ट्याप गरेर रि-डाउलोड गर्नुपर्ने हुन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु