सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ ।

कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२ किलोमिटर गरी एक सय ३५ किलोमिटर हुलाकी सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि अझै ८३ दशमलव पाँच किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न बाँकी छ । हालसम्म यहाँ ५१ दशमलव पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

कञ्चनपुरमा २०७३ फागुनदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशतभन्दा बढी उस्तै छ भने कैलालीमा ७३ किलोमिटरमध्ये १३ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए ।

कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्रे भएको छ । तीस महिनाको अवधि तोकेर सो खण्ड तीन वटा प्याकेजमा रु एक अर्ब १८ करोड ५५ लाखमा सम्झौता भएको थियो ।

उक्त प्याकेजको एक पटक म्याद थप भएर आगामी पुस मसान्तसम्म कायम रहेको इन्जिनियर सुनारको भनाइ छ । त्यसैगरी कैलालीको धनगढीस्थित क्याम्पस रोडदेखि सत्तीसम्मको ४४ किलोमिटरमध्ये साढे पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

उक्त खण्ड रु एक अर्ब ३१ करोड ४१ लाखमा चार वटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ । क्याम्पसरोडदेखि सत्तीसम्म ६४ किलोमिटर हुलाकी सडकमध्ये २० किलोमिटर पहिल्यै कालोपत्रे भइसकेको थियो । इन्जिनियर सुनारले कोरोनाका कहर, निर्माण सामग्रीमा मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायीले काममा ढिलाइ गरेको बताए ।

“अस्वभाविकरुपमा मूल्य बढेपछि निर्माण व्यवसायीले काम पनि सुस्त गरे”, उनले भने, “कञ्चनपुरको बाँकी रहेको दुई वटा प्याकेजको म्याद सकिए पनि थप गर्ने विषय टुङ्गो लागेको छैन । कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकजे सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम आधाभन्दा बढी बाँकी छ ।

निर्माणका लागि पाँचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सुनारको भनाइ छ । “माथिल्लो निकायबाट संशोधन भएर आएन भने कारबाहीको प्रक्रिया अघि बढ्न सक्छ”, उनले भने, “त्यो विषयले अहिले किनारा पाइसकेको छैन ।”

यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न अवरोध गरेको छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले बताए । यहाँ, निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो । यसअघि यहाँ भारतीयले ७३ किलोमिटर एक लेनको हुलाकी सडक कालोपत्रे गरेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago