बालेन शाह भन्छन्ः मलाई आज मेयर पदबाट राजीनामा दिन लाउन खोजिएको

२०७९, १३ फाल्गुन शनिबार १९:३३

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले  आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।

मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। यो देश कहिल्यै नबन्ने उनको भनाइ छ।

उनले लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन। ’उनले कसले राजीनामा दिन लाउन खोजेको हो भन्नेबारे भने केही खुलाएका छैनन्।

Comments

ताजा खबर