पञ्चवटी वीरभद्र महाकाली धाममा धनधान्याचल महापुराण हुने, राधिका दासी वाचक

२०८०, ८ मंसिर शुक्रबार १९:३९

झापा। झापाको मेचीनगर १२ भद्रकाली टोल सहरेडाँगीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल महापुराण आयोजना हुने भएको छ ।

यही मंसिर १५ गते देखि २१ गतेसम्म भागवत चर्चा ज्ञान महायज्ञको आयोजना हुने आज आयोजित पत्रकार भेटघाटको क्रममा पुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा हुने महापुराणको कथा वाचन राधिका दासीले गर्ने छिन् ।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले पुराणको आयोजना गर्न लागिएको अध्यक्ष गिरीले जानकारी दिए ।

मन्दिरको चैतर्फी विकासका लागि एक करोड रुपैयाँ संकलन गर्ने र २५ लाख खर्च हुने पुराण प्रचार–प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए । दैनिक २ हजार भक्तजन आउने अपेक्षा राखिएको छ ।

२०७२ सालमा स्थानीय रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापिता,सासूससुरा यशोदा र अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो ।

उनहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु