प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

२०७९, ८ फाल्गुन सोमबार २१:१३

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार अपराह्न सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार भेटमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको छ। यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।

सत्ता गठबन्धनमा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भए पनि प्रचण्ड भने एमालेलाई राष्ट्रपति दिन नसकिने पक्षमा छन्।
कांग्रेसले भने राष्ट्रपतिमा आफूलाई सघाउन प्रचण्डसँग प्रस्ताव गरेको छ।

पछिल्लो समय अध्यक्ष नेपालको नामसमेत चर्चामा छ। आइतबार राति बालुवाटारमा भएको नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाललाई अघि सार्नसक्ने बताएका थिए।

 

Comments

ताजा खबर