एसईईमा झापाकै उत्कृष्ट सामुदायिक मावि मोहनमाया

झापा – एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर बिर्तामोड- २  रामचौककोको मोहनमाया माध्यमिक विद्यालय झापा जिल्लाकै उत्कृष्ट बनेको छ।

संस्थागत विद्यालयहरूलाई समेत उछिन्दै सामुदायिक विद्यालय मोहनमाया माविले यस वर्षको एसईईमा उत्कृष्ट स्थान हासिल गरेको हो।

मोहनमायाबाट २६ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने २४ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ३६ जना, २.४० देखि २.८० जीपीए ल्याउने १४ जना, २.०० देखि २.४० जीपीए ल्याउने ११ जना र १.६० देखि २.०० जीपीए ल्याउने ४ जना रहेका छन्।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार मोहनमायाबाट ११५ जनाले एसईई दिएका थिए। सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् ।झापामा ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको एसईई नतिजा हेर्दा मोहनमाया माविले सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago