कुनै पनि वेबसाइट नक्कली वा सक्कली हो, कसरी पत्ता लगाउने ?

काठमाडौं । पछिल्लो समय इन्टरनेट चलाउने जो कोही सतर्क हुनुपर्ने अवस्था आएको छ । आज हामी तपाईंलाई त्यस्ता नक्क्ली वेबसाइट कसरी चिन्ने भनेर जानकारी दिन जाँदै छौं। साइबर अपराधीहरूले फिशिङ, म्यान इन द मिडल अट्याक जस्ता अनेकन् ह्याकिङ विधिबाट आफ्नो जाल थापिरहेका हुन्छन् । हेर्दा उस्तै लाग्ने वेबसाइट तथा एप खराब नियत भएका ह्याकरले थापेको पासो हुन सक्छ ।

यसरी वास्तविक संस्था वा व्यक्तिको जस्तै दुरुस्तै देखिने नक्कली वेबसाइट बनाएर पनि ह्याकरहरूले सोझा प्रयोगकर्तालाई फसाउन खोजिरहेका हुन्छन् । : एड्रेस बार कुनै पनि वेबसाइट नक्कली वा सक्कली भनेर थाहा पाउने सजिलो तरिका एड्रेस बार हेर्नु हो । कुनै पनि ब्राउजरको माथिल्लो भागलाई एड्रेस बार भनिन्छ । त्यसमा वेबसाइटको लिङ्क हुने गर्छ । जुन अङ्ग्रेजीमा ‘https’ बाट सुरु हुन्छ । यसमा भएको ‘s’ले सेक्योर अर्थात् सुरक्षित भन्ने अर्थ दिन्छ ।

तर यतिमा मात्र भर पर्नु हुन्न । कतिपय अवस्थामा स्वयं ब्राउजरले उक्त वेबसाइट सुरक्षित छैन भनेर एड्रेसबार नै सूचन दिने गर्छ । तर ह्याकरहरूले अनेकन् प्रक्रिया अपनाएर सुरक्षाका मापदण्ड पूरा गर्न सक्छन् । त्यसो हुँदा हामीले वेबसाइटको हिज्जे हेर्नुपर्ने हुन्छ ।

यदि गलत स्पेलिङ वा हिज्जे छ भने हामीले त्यो वेबसाइट नक्कली भएको भनेर बुझ्नुपर्छ ।  जस्तो: ‘techpana’ लाई ह्याकरले ‘tekpana’ भनेर राख्न सक्छन् । त्यस्तै हामीले डोमेन एक्सटेन्सन पनि हेर्नुपर्ने हुन्छ । जस्तो techpana.com लाई ह्याकरले techpana.net बनाएको हुन सक्छ ।

भाषा र डिजाइन

कतिपय अवस्थामा सक्कली जस्तै बनाउन खोज्दा ह्याकरहरू चुक्न पुग्छन् । उनीहरूले व्याकरण गलत गरेका हुन सक्छन् । वा, वेबसाइटको डिजाइनमा नै केही गल्ती भएको हुन सक्छ । त्यस्तै विभिन्न फोटो, ग्राफिक्स गलत हुन सक्छ । यदि यस्तो गल्ती फेला परे सचेत हुनुपर्ने हुन्छ ।

‘अबाउट अस’ र ‘कन्ट्याक्ट अस’ 

कुनै पनि नयाँ वा शङ्का लागेको वेबसाइटमा हामीले ध्यान दिएर हेर्नुपर्ने सेक्सनमा पर्छन्, यी दुई । किनकी कसले वेबसाइट चलाउँछन् ? उनीहरूको कार्यालय वा ठेगाना कहाँ छ ? उनीहरूको सम्पर्क ठेगाना के हो ? भन्ने जस्ता सूचना यहाँ पाइन्छ ।

त्यस्तै प्राय:ले ‘अबाउट अस’ मा त्यो वेबसाइट चलाउने व्यक्ति वा वेबसाइट चलाउने कम्पनीमा संलग्न व्यक्तिहरूबारे जानकारी दिइएको हुन्छ । यदि त्यहाँ कोही व्यक्तिबारे जानकारी राखिएको छ भने तपाईंले उनीहरूको सामाजिक सञ्जाल जस्तो लिङ्कडइन, फेसबुक आदिबाट पुष्टि गर्न सक्नुहुन्छ ।

अत्यधिक विज्ञापन

कुनै पनि निःशुल्क वेबसाइट खोल्दा विज्ञापन आउनु स्वाभाविक छ । तर अस्वाभाविक रूपमा धेरै ओटा विज्ञापनहरू देखिएका छन् भने शङ्का गर्नुपर्ने हुन्छ । त्यस्ता विज्ञापनहरू रोडब्लक (वेबसाइट खोल्न साथै आउने विज्ञापन) वा पप अप मेसेजका रूपमा आइरहन्छन् ।

अझ गैरकानूनी कुराहरू जस्तै सट्टेबाज, क्रिप्टो आदिबारे विज्ञापन आउँछन् भने ती अर्को साइबर स्क्याम हुन सक्छ ।

वेबसाइट चेक

केही वेबसाइटहरूबाट अन्य वेबसाइटहरू सुरक्षित छन् – छैनन् भनेर जाँच्न मिल्छ । त्यस्ता वेबसाइटहरूले कुनै पनि वेबसाइटको निरीक्षण गरेर एउटा प्रतिवेदन बनाउँछ । त्यसलाई हेरेर पनि वेबसाइट नक्कली हो वा होइन भनेर थाहा पाउन सकिन्छ ।

यदि तपाईंले कुनै पनि नक्कली वेबसाइट वा स्क्याम गरिरहेको वेबसाइट भेटे रिपोर्ट गर्न वा प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ । त्यसो गर्दा उक्त वेबसाइट बन्द हुने र लाखौं व्यक्तिहरू ठगिनबाट बच्न सक्छन् ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago