पाल्पामा बढ्दो दुर्घटना न्यूनिकरणका लागि चालक, सहचालकको स्वास्थ्य परीक्षण

जिल्लाका ट्राफिक कार्यालय, श्रीनगर यातायात सेवा कम्पनी प्रालिले बढ्दो दुर्घटना न्यूनिकरणका लागि चालक, सहचालकको स्वास्थ्य परीक्षणदेखि सवारी जाँच गरेका छन् । लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहजीकरणमा बुधबार ७० जना चालक, सहचालक र ४१ सवारी साधन परीक्षण गरिएको छ । पाल्पाबाट छुट्ने लामा तथा छोटा दुरीका सवारी साधनको जाँच र चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै दुर्घटनामा कमी गराउने उद्देश्यले सवारी चालक, सह चालक, र सवारी साधानको यान्त्रिकरण जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दामोदर मल्लले बताए । उनले भने,‘ चालक र सहचालकमा उच्च रक्ताचाप, आँखामा कमजोरी, जस्ता समस्या हुन सक्छन्, त्यति मात्र होइन सवारी सधानहरु पनि पुराना,यात्रिन्करण विग्रीएका हुन सक्छन्, जसले गर्दा दुर्घटना निम्त्याउन्छ, त्यसलाई रोक्नका लागि हामीले स्वास्थ्य परीक्षण र यान्त्रिकरण जाँच गर्ने अभियान नै थालेका हों ।’ अभियानको बुुधबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जनले दुर्घटना गराउनमा चालक, सहचालक र सवारी साधानको अवस्थाले महत्वपूणृ भूमिका खेल्ने बताए । उनले दुर्घटनाको कारणलाई नै पहिचान गरेर ट्राफिक प्रहरी र श्रीनगर यातायातले जुन किसिमको अभियानको सुरुवात गरेको छ त्यो प्रशंसनिय रहेको बताए ।

अध्यक्ष महर्जनले भने,‘साँघुरा सडकसँगै जनघनत्वमा वृद्धि, सवारी साधनको संख्यामा वृद्धि हुँदै गएकाले सडक दुर्घटनाको जोखिम  बढाएको छ । यस्तो अवस्थामा चालक, सहचालक र सवारी चेकजाँचले  दुर्घटना न्यूनिकरणमा भने महत्वपूर्ण भूमिका खेल्ने छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले दुर्घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका मन्त्री केशव नेपाल, आँखा अस्पतालका कार्यक्रम संयोजक सन्तोष दर्जी, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, सामुदायिक सेवा केन्द्रका जयप्रकाश उप्रेती लगायतले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक कार्यालय र श्रीनगर यातायातले सञ्चालन गरेको अभियान सकरात्मक रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टको अध्यक्षता, यातायात व्यवसायी तथा श्रीनगर यातायात सेवाका किरण चित्रकारको स्वागत, कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago