समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको होः प्रधानमन्त्री पुष्पकमल दाहाल

२०८०, २० असार बुधबार २०:१७

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै माओवादीहरुको एकता हुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताए।

उनले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने बताए। आफ्नो साथ छोडेर गएकाहरु पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुशीको कुरा भएको उनको भनाइ थियो।

उनले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद् अवरोध गरेको आरोप लगाएका छन्।

Comments

ताजा खबर