भाडामा बोक्ने निजी गाडीलाई कारवाही गर्न गृहको निर्देशन

२०७९, २२ चैत्र बुधबार २२:५१

पाल्पा । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारवाहीको निर्देशन दिएको हो ।

निजि गाडीले भाडामा यात्रु बोक्दा सार्वजनिक यातायात धरासायी बन्दै गएको यातायात ब्यवसायी बताउछन । गृहको पत्राचार सङ्गै भाडामा बोक्ने निजी सवारीसाधनलाई कारवाही भएमा सार्वजनिक यातायातका साधनले राहत पाउनेछन ।

Comments

ताजा खबर