कक्षा १२ को परीक्षा वैशाख २६ देखि सुरु

२०७९, २१ फाल्गुन आईतवार २१:४२

काठमाडौँ- कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ।

आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबार सुरु हुने परीक्षा जेठ ५ गते शुक्रबार सकिने बोर्डले जानकारी दिएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु