देशभर आजकाे माैसम कस्ताे छ?

२०७९, २२ माघ आईतवार ०८:४७

काठमाडाैँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सु / कुहिरो लागेको छ।

आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ।

प्रदेश नं. १ का हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भूभागमा लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेकाे छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु