कोशी प्रदेशका ३२ स्थानीय तहले जग्गाको वर्गीकरण गरे, कित्ताकाट काहाँ खुल्यो ?

विराटनगर । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ३२ वटामा जग्गाको वर्गीकरण सकिएर कित्ताकाट खुलेको छ । ५ वटा जिल्लाका कुनै पनि पालिकामा कित्ताकाट खुल्न सकेको छैन ।

झापा, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा र खोटाङमा भने कुनै पनि तहले जग्गाको वर्गीकरण गरिसकेका छैनन् । ताप्लेजुङ जिल्लाका सबै पालिकाले कृषि र गैरकृषिमा मात्रै जग्गा वर्गीकरण गरेका छन् । जिल्लामा फुङलिङ नगरपालिका, मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला, सिरीजंगा, मिक्वाखोला, सिदिङ्वा, फक्तालुङ र पाथीभरा याङ्वरक गाउँपालिका गरी ९ पालिका छन् ।

पाँचथरका ८ पालिकामध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले मात्रै वर्गीकरण सकेका हुनाले ती दुई पालिकामा मात्रै जग्गाको कित्ताकाट खुलेको छ ।

इलामका ८ पालिकामध्ये इलाम र देउमाई नगरपालिकाले मात्रै वर्गीकरण सकेका छन् । सुनसरीका १२ पालिकामध्ये धरान उपमहानगरपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

सोलुखुम्बुका ८ पालिकामध्ये दूधकोशी गाउँपालिकाले मात्रै वर्गीकरण सकेको छ । उदयपुरका ८ पालिकामध्ये त्रियुगा, उदयपुरगढी, कटारी नगरपालिका र ताप्ली गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिका, रंगेली नगरपालिका र बुढीगंगा, जहदा तथा ग्रामथान गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।संखुवासभाका १० पालिकामध्ये खाँदबारी नगरपालिकाले मात्रै वर्गीकरण सकेको छ । भोजपुरका ९ पालिकामध्ये भोजपुर नगरपालिका तथा रामप्रसाद राई, पौवादुङमा र अरूण गाउँपालिकाले मात्रै वर्गीकरण सकेका छन् ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago