काठमाडौं । अग्रज लोकगायक बमबहादुर कार्कीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दिने भनेको सम्मानार्थ सदस्यता नलिने बताएका छन् । ‘लिनै हुँदैन भनेको होइन तर अहिलेका लागि मेरो समय अनुकूल भएन,’ उनले भने संस्था पनि दर्ता भइसकेको स्थितिमा हामीले संस्थागत निर्णय पनि गर्नेछौं ।
प्रतिष्ठानले यसअघि कार्कीसहितका नौजना स्रष्टालाई सदस्यता दिने घोषणा गरेको थियो । जसमा कार्कीसहित नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको सम्मानार्थ सदस्यता दिने भनिएको थियो ।
‘खासमा यो मिलेर जाने कुरा हो । हतार गरेर तानातान गर्नु जरुरी छैन । हाम्रो र उहाँहरुको संस्थाका उद्देश्य नै अलग छ । हामीले संगीतका विधामा अध्ययन अनुसन्धान गरेर अघि बढ्ने तयारीमा छौं । अहिलेको समय मेरा लागि अनुकूल रहेन,’ कार्कीले भने ।
प्रतिष्ठानले सदस्यता वितरणका लागि सोमबार गोंगबुमा समारोह आयोजना गरेको छ । कार्कीले आफ्नो अध्यक्षतामा नयाँ संस्था दर्ता भइसकेकाले सदस्यता लिन नमिल्ने बताएका हुन् । उनको अध्यक्षतामा काठमाडौं जिल्ला प्रशासनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् दर्ता भइसकेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…