काठमाडौं- राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले बताएका छन्।
उनका अनुसार विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्नेछ।
अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ । यसअघि राहदानी विभागले राहदानी आवेदनका लागि गरिने अनलाइन बुकिङबारे हास्यास्पद सूचना जारी गरेको थियो।
विभागले बिहान ११ बजे दिँदै आएको राहदानी आवेदनको अनलाइन बुकिङको समय दिउँसो ३:३० बजे बनाएको जानकारी उक्त सूचनामा दिएको थियो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…