श्री एयरलाइन्सको सुर्खेत उडान सुरु, ६ हजार ७ सय रुपैयाँ

२०८०, १५ मंसिर शुक्रबार १५:२४

काठमाडौं। श्री एयरलाइन्सले काठमाडौं-सुर्खेत उडान सुरु गरेको छ। दैनिक एक उडान गर्ने गरी श्रीले शुक्रबारबाट नियमित उडान थालेको हो।

एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले सुरुवाती भाडा ६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको बताए।

८० सिट क्षमताको जहाजमार्फत उडान गरेको पहिलो दिन सुर्खेत जाने ७१ जना र काठमाडौं आउने यात्रु ६५ जना रहेको उनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु