बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले धौला पुल बाट थाल्यो वृहत वृक्षारोपण (फोटोफिचर)

बिर्तामोड। बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।

यस कार्यलाई सार्थकता दिन र बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले नगरलाई हरितनगरका रुपमा विकास गर्न बिर्तामोड भद्रपुर रोडको धौला पुल देखी प्रकाश आयल ट्रेडस सम्म रोडको दायाँबायाँ सडक किनारामा बिभिन्न प्रजातिका  ६५ वटा बृक्ष रोपणगरिएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईलले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो । आज वाट वृहत रुपमा १ वर्ष सम्म बिर्तामोड नगरपालिका वडा नम्बर ३ हरितनगरका रुपमा विकास गर्न निरन्तर रूपमा बृक्ष रोपण अघि वडाइने छ। वृक्षारोपण आयोजक फस्ट स्टेप फिटनेसले गरेको थियो ।

बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको सक्रियतामा  नेपाल इन्जिनियरस एशोसियसन, अनारमनी सोसियल युथ क्लब, एम के. के., विराट पोखर सोसियल युथ क्लब , रोट्राक अफ विर्तामोड, प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, एमाले पार्टी नगर कमिटी सदस्य,वडा सहइन्चार्ज कोसिस घिमिरे, नगर अध्यक्ष सुवास भट्टराई, समाजसेवी चित्र राइ , सुब्रत राजवशी, सम्पुर्ण युवाहरु,  स्थानिय बासीहरुको सहयोगमा बृक्ष रोपण गरिएको छ ।

आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भएको थियो । वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भएको छ ।

आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर  रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago