भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर बुधनगरमा आइपुग्यो

मोरङ – मोरङस्थित आरती स्ट्रिप्स उद्योगको मालसमानसहित पहिलो पटक कार्गो रेल विराटनगरको बुधनगरमा आइपुगेको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार झण्डा फरफराएपछि भारतीय क्षेत्र बथनाबाट कार्गो रेल विराटनगर–१८ स्थित कस्टम यार्ड आइपुगेको हो।

एकीकृत जाँच चौकी नजिक रहेको कस्टम यार्डमा मालवहाक रेल हेर्न सर्वसाधारणको उल्लेख्य भीड रहेको छ। पहिलो पटक औपचारिक रुपमा विराटनगर भित्रिएको रेलको ४३ वटा र्‍याकमा आरती स्ट्रिप्सको स्टिल तथा फलामका समान ल्याएको छ।

उद्योगी सुवोध कोइरालाले कार्गो सेवाबाट उद्योगीलाई ढुवानी खर्च र समयको बचत हुने बताएका छन्।

उद्योगी कोइरालाले सडकबाट समान ल्याउँदा भन्सारसम्म कम्तीमा ४ दिन र भन्सारमा ३ दिन गरी एकसाता लाग्ने हुँदा कार्गो सेवामा २ दिनभित्र समान गोदाममा प्रवेश हुनेछ।

कार्गो सेवाबाट समान ल्याउने क्रममा भारतको कोलकाता बन्दरगाहबाट २ दिनभित्र सिधै बुधनगर कस्टम यार्डमा आइपुग्ने उनले बताए। यस सेवाले पूर्वी क्षेत्रका उद्योगी व्यवसायीलाई राहत हुने बताए।

 

अर्कोतर्फ, भारतको बथनाहाबाट नेपालको कटहरी गाँउपालिकासम्म १८ दशमलव ६ किलोमिटर रेल सेवा निर्माणमा छ। यद्यपि, जग्गा मुआब्जा विवादका कारण विराटनगरको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्चालन हुनेछ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago