झापाका सहकारी संस्थाहरुले तरलताको अभावमा सदस्यहरुको समस्या बुझ्ने

झापा। आर्थिक तरलताका कारण ऋण असुलीमा असहजता भएपछि झापाका सहकारी संस्थाहरुले व्याजमा छुट दिने नीति ल्याउन लागेको जानकारी दिए ।

झापा जिल्ला सहकारी संघ ,जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघद्वारा सहकारीको विद्यमान अबस्था , समस्या र चुनौती विषयमा संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले ऋण असुलीलाई सहज बनाउन सदस्यहरुलाई व्याजमा केही छुट दिने नीति ल्याउन लागेको जानकारी दिए ।

अहिले तरलताको अभावमा पनि हामी सदस्यहरुको समस्या बुझ्न हामी तयार छौं ।’ उनले झापाका सहकारीहरुमा पनि ऋण असुलीमा समस्या देखिएको बताउँदै कसैको उक्साहटमा नलाग्न सदस्यहरुलाई आग्रह गरे । ‘कोरोना कालमा सहकारीहरुले व्याजमा छुट दिएका थिए ’ उनले भने,‘ यतिबेला आमरुपमा सहकारी र लघुवित्तमा देखिएको समस्या झापामा पनि परेको बताउँदै उनले सहकारीहरुलाई जोगाउन अभियान जारी रहेको जानकारी दिए । अभियानका क्रममा आफै ऋण लगेका सहकारीका संचालकहरुलाई जग्गा, गाडी बेचेर भएपनि ऋण तिर्न लगाएको उनले सुनाए । सहकारीका संचालक र कर्मचारीको गल्तीका कारण पनि सहकारी संस्थाप्रतिको विश्वास घटेको उनले स्वीकार गरे ।

कार्यक्रममा बोल्दै झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र गिरीले एउटा सहकारीले गल्ती गर्दैमा सबै सहकारीहरु भाग्ने सहकारीहरु हुन् भन्ने भ्रम नफैलाउन आग्रह गरे ।उनले सहकारीहरुले सदस्य र समुदायको लागि गरेको सहयोग उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा नेपस्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, नेपाल केन्द्रीय कृषि सहकारी संघका उपाध्यक्ष मीना ढकाल,नेपस्कुनका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेलगायतले सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा बोलेका थिए ।

कार्यक्रमको संचालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।कार्यक्रममा झापा जिल्ला सहकारी संघका तर्फबाट अर्जुन दंगाल र बचत तथा ऋण सहकारी सङ्घका तर्फबाट कमलकुमार घिमिरेले आफ्नो प्रस्तुति राखेका छन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago