धमाधम लाभांश प्रस्ताव गर्दै लघुवित्त कम्पनीहरु, कसको कति

२०७९, ३० पुष शनिबार ०९:२६

काठमाडौं । यो वर्ष लघुवित्त कम्पनीहरुले ढिलो गरी लाभांश प्रस्ताव गरेका छन् । पुष महिना भित्र वार्षिक साधारण सभा गर्न यो वर्ष लघुवित्त कम्पनीहरुलाई अप्ठेरो परेको छ । यो समाचार तयार पार्दासम्म २२ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

२२ लघुवित कम्पनीहरु मध्ये ८ लघुवित्त कम्पनीको बुक क्लोज भैसकेको छ । आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स सीवाईसी नेपाल, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको बुक क्लोज भैसकेको छ ।

यसैगरी, आँधिखोला लघुवित्त वित्तीय सस्थाले माघ ३ गते बुक क्लोज गर्दै छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नुको साथै साधारण सभामा भाग लिन पाउने छन् ।

१३ लघुवित्तको अझै बुक क्लोज मिति घोषणा हुन् बाँकी :
१३ लघुवित्त कम्पनीहरुले लाभांश प्रस्ताव गरे पनि बुक क्लोज मिति सार्वजनिक गर्न बाँकी छ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृति गरे पश्चात उनीहरुले बुक क्लोज र साधारणसभाको मिति तय गर्ने छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबि लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, महुली लघुवित्त, महिला लघुवित्त, निर्धन उत्थान लघुवित्त, नेरुडे लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र मिथिला लघुवितले बुक क्लोज मिति तय गर्न बाँकी छ।

सबै भन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तको :
२१ कम्पनीहरु मध्ये सबै भन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको छ । जाल्पाले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव गरेको छ ।

Comments

ताजा खबर