नेपाली डाक्टरले जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरि सके ।

-कविकिरण न्यौपाने / टोकियो ।  नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । जापानमा अहिले  ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जना र नागोयामा १ जना रहेको बताइएको छ ।

डाक्टरी पेसा एक संवेदनशील पेसा पनि हो । त्यसमा पनि टाउकोको डाक्टर भई अप्रेसन गर्नु झनै संवेदनशील काम हो । जापानमा डाक्टर बनेर हजारौँ बिरामीको सफल अप्रेसन गरी सकेका डाक्टर  लुशुन चालिसे यतिबेला जापानमा डाक्टरी पेसामा रही सेवा गरिरहेका छन् । उनको जीवन सङ्घर्ष अनि उनी कसरी त्यो ठाउँमा पुग्न सके भन्ने जिज्ञासाले मैले उहाँलाई समय माग गर्दै म्यासेज लेखे । केही समय पछि उहाँको रिप्लाई आयो, ‘भर्खरै बिरामीको सर्जरी सके’ पछि कल गर्छु है । जापानमा यसै पनि व्यस्त जीवनशैली त्यसमा पनि डाक्टरी  काम व्यस्त नहुने कुरै भएन । 

सुरुमा २००२ मा अध्ययनका लागि जापनिज दूतावासको छात्रवृत्तिमा जापान आएका चालिसेले एक वर्ष जापनिज भाषा अध्ययन गरेका थिए ।

नेपालको ललितपुरमा स्थायी बसोबास भएका चालिसेको प्रारम्भिक शिक्षा एवम् प्रवेशिका (एसएलसी) महेन्द्र आदर्श विद्याश्रम, सेन्ट जाभियर्स स्कुल ललितपुर बाट भएको हो । उनले आई एस्सी पनि सेन्ट जाभियर्स कलेज ललितपुर बाट गरेका थिए । उनले २००९ मा डक्टर अभ मेडिसिन, ओसाका युनिभर्सिटी, फ्याकल्टी अभ मेडिसिन, जापानबाट पूरा गरे । २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी (जापान न्युरोसर्जिकल सोसाइटी) पुरा गरी २०१८ मा विद्यावारिधि (पीएच् डी) न्युरो-अन्कोलोजी (नागोया युनिभर्सिटी, जापान) बाट गरेका थिए । 

२०१४ देखि हाल सम्मको चिकिस्या प्रविधिले निको पार्न नसकिने भनिएको ब्रेन क्यान्सरको नयाँ उपचार पद्धतिमा अनुसन्धान गर्दै टोकियो विश्वविद्यालयमा  गरिएको ‘जी फोर्टी सेवेन डेल्टा नामक क्यान्सर निर्मूल पार्ने अन्कोलोटिक भाइरस थेरापीको ब्रेन ट्युमरमा गरिएको क्लिनिकल ट्रायल’ अनुसन्धानमा आबद्ध भई काम गरी उनको टिमको सफल अनुसन्धानले म्यालिग्नन्ट ब्रेन ट्युमरको नयाँ थेरापीद्वारा जापानमा उपचार गर्ने प्रविधि भित्राएको बताइएको छ । गत वर्ष २०२१ मा जापानमा आम रूपमा प्रयोग हुन स्वीकृत नव प्रविधिले  मस्तिष्कको क्यान्सरको लागि संसारमै दसकौँ पछिको नौलो प्रविधिको रूपमा लिइएको छ ।

चालिसे २०१८ बाट उपप्राध्यापक भई  (टोक्यो युनिभर्सिटी, जापान) फ्याकल्टी एट् द एड्वान्सड् क्लिनिकल रिसर्च सेन्टर, डिविजन अभ इन्नोवेटिव क्यान्सर थेरापी, इन्सिटिच्युट अभ मेडिकल साइन्स अभ द युनिभर्सिटी अभ टोक्यो  (IMSUT) न्युरोसर्जन को रूपमा IMSUT Hospital, टोक्यो काम गरेको चालिसे बताउँछन् ।

दृढ इच्छा शक्ति तथा मेहनतले आफू यहाँ सम्म आई पुगेको बताउने चालिसेले २०१८ सम्ममा हजार भन्दा बढी अप्रेसन गरी सकेको बताउँछन् । जापानका विभिन्न अस्पतालहरूमा काम गरी सकेका चालिसेले २०२० बाट भने कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत छन् । उक्त अस्पतालमा मस्तिष्क र स्नायुको विशेषज्ञ डाक्टर चालिसे मात्र रहेका छन् । उनले विशेष गरी ब्रेन ट्युमर तथा न्युरोवास्कुलर सर्जरी गर्ने गर्छन् । उनी नागोया सेन्ट्रल हस्पिटल को प्रमुख सर्जन हुन् । त्यसबाहेक पर्किन्सोन रोग, हात या मुन्टो बौडिने Dystonia , हात काप्ने Tremor हरूको सर्जरी पनि गर्ने उनको भनाई छ । बिरामीसंग कुरा गर्दै मस्तिष्कको अप्रेसन गर्ने Awake  Surgery मा समेत चालिसे निपुण छन् ।यो हस्पिटलमा जापानका विभिन्न हस्पिटलहरूबाट रिफर गरेका टाउको बिरामीहरू बढी आउने उनी बताउँछन् । जापानमा दिनानुदिन नेपालीहरूको सङ्ख्या बढी रहेको अवस्थामा नेपालीहरूलाई स्वास्थ्य समस्या आए आफूलाई सम्पर्क गर्न सक्ने उनको भनाई छ । उनले नेपालमा पनि टेलिमेडिसिनको माध्यमबाट पनि बेला-बेलामा आवश्यक परामर्श दिने गरेको बताउँछन् । 

डाक्टर लुशुन चालिसे आफ्नो कार्यको कारण धेरै पुरस्कारबाट पुरस्कृत तथा अभिनन्दित पनि भएका छन् । उनले MEXT छात्रवृत्ति, शिक्षा मन्त्रालय, जापानबाट र सुगिता छात्रवृत्ति, नागोया युनिभर्सिटीबाट प्राप्त गरेका थिए । त्यस्तै Ken’s Award (JNEF) र नोबेल थेरापी टु क्योर अभ म्यालिग्नन्ट ब्रेन ट्युमरको खोज विकास र अनुसन्धानका लागि जापान सोसाइटी फर प्रोमोसन अभ साइन्स २०१९ द्वारा अभिनन्दित समेत भएका थिए ।

उनका ३० पीअर रिविउड साइन्टिफिक आर्टिकल्स इन न्युरोसर्जरी एण्ड क्यान्सर रिलेइटेड रिसर्च ३०० साइटेसन ,बुक च्याप्टर अन सर्जरी ‘न्युरोसर्जरी रेसिडेन्ट्ज म्यानुअल इगाकु सोइन जापान, साइन्टिफिक प्र्पर प्रिजन्‌टेसन्‌‌स, टक्स एयाण्ड सेसन चेयर इन सेवरल न्यासनल एण्ड इन्टरन्यासनल कन्फेरेन्सेज, इङ्लिस एडिटर फर द जापनिज न्युरोसर्जरी जर्नललगायत अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago