दामोदर के.सी.,काठमाडौं: अमेरिकाका ४०औ राष्ट्र्रपति रोनाल्ड रिगनले आफ्नो कार्यकालमा देखिएको प्रमुख आर्थिक चुनौति ‘मुद्रास्फीति'(stagflation) लाई घटाई समग्र अर्थव्यवस्थालाई सबल बनाउनको लागी ल्याएको आर्थिकनीतिलाई रिङगोनोमिक्स भनिन्छ। उनको यो सिद्धान्तलाई ट्रिपल डाउन सिद्धान्त तथा पूर्ति पक्षको अर्थव्यवस्थाको रूपमा लिइएको पाइन्छ।
बिश्वका बिभिन्न राष्ट्रमा देखिएका डरलाग्दा आर्थिक चुनौती र बिग्रिदो आर्थिक व्यबस्थापनलाई सहि तरिकाले आर्थिक बिकासका निति तथा कार्यक्रम मार्फत बिकास गर्नु हरेक देशको आजको आवश्यकता देखिन्छ। यस्तो परिस्थितिलाई सुधारउन्मुख बनाउन बिभिन्न देशले आ-आफ्नो आर्थिक नीति ल्याएको पाईन्छ तर अमेरिकाको १९८० को प्रमुख आर्थिक समस्यालाई सुधार गर्नको लागि रोनाल्ड रिगनको आफ्नो अर्थनीति रिङगोनोमिक्सलाई एउटा अचुक औजार सिद्ध गराइयो। जसरी अमेरिकाको मुद्रास्फिति 10% माथिभई समग्र अर्थव्यवस्था खराब परिस्थितिबाट गुज्रीरहदाको परिपेक्क्षमा एउटा फरक धारबाट उदाएका र राजनिति तथा दुरदर्शी रिङ्गनले आर्थिक क्रान्तीको उपाएनै प्रस्तुत गरेका थिए।
रिङ्गोनोमिक्सको प्रमुख उदेश्यहरु सरकारको खर्च कटौति र घरेलु कार्यक्रममा लगानीगर्नु, व्यापारीक र लगानी क्षेत्रको करकट्टी गर्नु र मुल्यवृद्धि कम गर्न सहयोग गर्नु।
यसका प्रमुख औजरहरुमा, १)घरेलु कार्यक्रमका खर्च कटौती: रिङ्गनको आफ्नो नीति अनुसार बिभिन्न घरयासी कार्यक्रमका खर्च कटौती गरेका थिए। जसभित्र सामाजिक सुरक्षा, शिक्षा, रोजगारी, प्रशिक्षण इत्यादि पर्दछन्। २) कर कट्टी: रिङ्गनको आफ्नो कार्यकालमा करकट्टी गरि आम्दानी कर ७०% बाट ५०% सम्म घटाएका थिए। ३) सरकारी अनुगमन चुस्त बनाउनु: बजारका सुचकहरु पुर्नस्थापना गर्न रिङ्गनले तेल र ग्यासको मुल्य नियन्त्रण तथा बितिय सेवा उद्योगमा निषेध गरेका थिए। ४) मुल्यबृद्धिलाई कम गर्नु: रिङ्गनले मुद्रा बिनिमय कडा गर्न फेडेरल रिजर्भलाई प्रोत्साहन गरी खुम्चिने मौद्रिक नीति मार्फत एकल अङ्कमा मुद्रास्फितिलाई ल्याएका थिए ।
बास्तवमा,रिङ्गोनोमिक्स राजनैतिक अभ्यासको रूपमा सफल थियो र भयो पनि यधपी यो रिङ्गनको आर्थिक प्रक्षपण भन्दा कम भयो । अमेरिकाको बढ्दो मुल्य बृद्धिलाई सन्तुलन बनाउन आर्थिक चुनौतिलाई भने कोशेढुङ्गा सावित भएकोबिश्लेषण गर्न सकिन्छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…