दामोदर के.सी.,काठमाडौं: अमेरिकाका ४०औ राष्ट्र्रपति रोनाल्ड रिगनले आफ्नो कार्यकालमा देखिएको प्रमुख आर्थिक चुनौति ‘मुद्रास्फीति'(stagflation) लाई घटाई समग्र अर्थव्यवस्थालाई सबल बनाउनको लागी ल्याएको आर्थिकनीतिलाई रिङगोनोमिक्स भनिन्छ। उनको यो सिद्धान्तलाई ट्रिपल डाउन सिद्धान्त तथा पूर्ति पक्षको अर्थव्यवस्थाको रूपमा लिइएको पाइन्छ।

बिश्वका बिभिन्न राष्ट्रमा देखिएका डरलाग्दा आर्थिक चुनौती र बिग्रिदो आर्थिक व्यबस्थापनलाई सहि तरिकाले आर्थिक बिकासका निति तथा कार्यक्रम मार्फत बिकास गर्नु हरेक देशको आजको आवश्यकता देखिन्छ। यस्तो परिस्थितिलाई सुधारउन्मुख बनाउन बिभिन्न देशले आ-आफ्नो आर्थिक नीति ल्याएको पाईन्छ तर अमेरिकाको १९८० को प्रमुख आर्थिक समस्यालाई सुधार गर्नको लागि रोनाल्ड रिगनको आफ्नो अर्थनीति रिङगोनोमिक्सलाई एउटा अचुक औजार सिद्ध गराइयो। जसरी अमेरिकाको मुद्रास्फिति 10% माथिभई समग्र अर्थव्यवस्था खराब परिस्थितिबाट गुज्रीरहदाको परिपेक्क्षमा एउटा फरक धारबाट उदाएका र राजनिति तथा दुरदर्शी रिङ्गनले आर्थिक क्रान्तीको उपाएनै प्रस्तुत गरेका थिए।

रिङ्गोनोमिक्सको प्रमुख उदेश्यहरु सरकारको खर्च कटौति र घरेलु कार्यक्रममा लगानीगर्नु, व्यापारीक र लगानी क्षेत्रको करकट्टी गर्नु र मुल्यवृद्धि कम गर्न सहयोग गर्नु।

यसका प्रमुख औजरहरुमा, १)घरेलु कार्यक्रमका खर्च कटौती: रिङ्गनको आफ्नो नीति अनुसार बिभिन्न घरयासी कार्यक्रमका खर्च कटौती गरेका थिए। जसभित्र सामाजिक सुरक्षा, शिक्षा, रोजगारी, प्रशिक्षण इत्यादि पर्दछन्। २) कर कट्टी: रिङ्‌गनको आफ्नो कार्यकालमा करकट्टी गरि आम्दानी कर ७०% बाट ५०% सम्म घटाएका थिए। ३) सरकारी अनुगमन चुस्त बनाउनु: बजारका सुचकहरु पुर्नस्थापना गर्न रिङ्गनले तेल र ग्यासको मुल्य नियन्त्रण तथा बितिय सेवा उद्योगमा निषेध गरेका थिए। ४) मुल्यबृद्धिलाई कम गर्नु: रिङ्गनले मुद्रा बिनिमय कडा गर्न फेडेरल रिजर्भलाई प्रोत्साहन गरी खुम्चिने मौद्रिक नीति मार्फत एकल अङ्कमा मुद्रास्फितिलाई ल्याएका थिए ।

बास्तवमा,रिङ्गोनोमिक्स राजनैतिक अभ्यासको रूपमा सफल थियो र भयो पनि यधपी यो रिङ्‌गनको आर्थिक प्रक्षपण भन्दा कम भयो । अमेरिकाको बढ्दो मुल्य बृद्धिलाई सन्तुलन बनाउन आर्थिक चुनौतिलाई भने कोशेढुङ्गा सावित भएकोबिश्लेषण गर्न सकिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago