झापामा काँग्रेसले खाता खोल्यो, काँग्रेसका उम्मेद्वार महिला सदस्य निर्विरोध निर्वाचित

२०७९, १६ बैशाख शुक्रबार ०९:४२

झापा,  नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित हुनु भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनु भयो ।

दक्षीणी झापाको कचनकवल वडा नं. ४ की काँग्रेसकी दलित महिला सदस्य बिजली दास निर्विरोध निर्वाचित भएको हो । उक्त वडामा एक जना दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार नपरेका कारण काँग्रसका उम्मेद्वार दास निर्वाचन हुनु १४ दिन अघि नै निर्विरोध निर्वाचित हुनु भएको छ । यसको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु