फेन्डसिप फुटसल लिग सम्पन्न

२०७८, १५ चैत्र मंगलवार २०:५५

बिन्दु पंथी,काठमाडौं: बुढानिलकण्ठ SAAT को आयोजनामा आज फेन्डसिप फुटसल लिग सम्पन्न भएको छ। काठमाडौ उप्पत्यका भित्र ठुलाठुला खेलमैदानको अभाबमा पनि यसरी फुटसल खेल निकै मौलाएको पाइन्छ । यसरी आज भएको खेलमा पुरुष इभेन्ट र् महिला इभेन्टको रुपमा विभिन्न बिद्यालयहरुको उत्साहजनक सहभागितामा प्रत्योगिता सम्पन्न भएको छ।

आजको फाइनल खेलमा पुरुष तर्फ ब्रेनल्याण्ड एकेडेमिको टिम प्रथम स्थान हासिल गरेको र महिलातर्फ भने सामतेन मेमोरियल एजुकेसन ऐकेडेमि प्रथम भएको छ । यसैगरि पुरुष तर्फ सामतेन मेमोरियल एजुकेसन ऐकेडेमि, पिक पोइट ऐकेडेमि, गोल्डेन गार्डेन ऍकेडेमि क्रमस दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

महिलातर्फ को प्रत्योगितामा गोल्डेन गार्डेन ऐकेडेमि, पिक पोइन्ट ऐकेडेमि र ब्रेनल्याण्ड ऐकेडेमि क्रमश दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

यसरी विद्यार्थी हरुको उत्साहित सहभागिताले आयोजक लाई आगामि दिनहरुमा अझ ठुलाठुला प्रत्योगिता सञ्चालन गर्ने हौसला मिलेको जानकारी आयोजक ले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु