इटहरी: इटहरी २ मा साेमबार राति बम विष्फाेट गर्ने हिमाली सुरक्षा परिषद्ले यस घटनाकाे जिम्मा पनि लिइसकेकाे छ । प्रहरी अधिकारीका अनुसार विष्फाेटमै पर्नेमध्ये एकले उक्त बम ल्याएका थिए । इटहरीमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र २३ वर्षीय शेरजंग गुरुङ यसमा घाइते भएका छन्।
विष्फाेटबारे प्रहरी अनुसन्धानरत छ । १५ फागुनमा सशस्त्र विद्राेह घाेषणा गरेकाे हिमाल सुरक्षा परिषद्ले हिंसात्मक गतिविधिहरूलाइ पूर्वमा केन्द्रित गरेकाे छ । नेतृत्वकाे नाम अझै उल्लेख गरिएकाे छैन । अनि यसले राख्ने मागहरू संविधानसम्मत छैनन् ।
इटहरीमा बम विष्फोट, दुई युवा घाइते
परिषद्काे पहिलाे माग नै संघीयता खारेजीसँग सम्बन्धित छ । उसले ०४७ काे संविधान ब्युँताउँदै त्यसै अन्तर्गतका ५ विकास क्षेत्र कायम गर्न माग गरेकाे छ । धर्मनिरपेक्ष गणतन्त्र घाेषित नेपाललाइ फेरि हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग उसले राखेकाे छ ।
परिषद्ले भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भनेकाे छ । साथै यसले भर्खरै संसदबाट अनुमाेदित एमसीसी सम्झौतासमेत खारेज गर्न माग गरेकाे छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…