आधा दर्जन कम्पनीको चासो, गौतम बुद्ध विमानस्थलमा उडान गर्न

भैरहवा: व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ । यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ ।

विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ उनले भने, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् ।’
विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सकिएपछि २६ फागुनमा विमानस्थलबारे सम्पूर्ण जानकारीसहितको सूचना जारी गरिएको थियो । २७ फागुनमै जजिरा एयरलाइन्स सम्पर्कमा आई हवाई उडान सञ्चालन गर्न इच्छुक देखिएको थियो । जजिराले हवाई उडान सञ्चालनका लागि निवेदनसमेत दिइसकेको छ । त्यसपछि फ्लाई दुबई एयरलाइन्स कम्पनीका ३/४ जना कर्मचारीले स्थलगत अध्ययन गरेका थिए । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयर लायन्स पनि हवाई उडान सञ्चालनका लागि सम्पर्कमा आएका छन् । कतार एयरलाइन्ससँग पनि कुराकानी भइरहेको दाहालले जनाए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली केही दिनमै आउने अवस्थामा छ । जसमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङलगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ । नियमावली नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयबाट पास भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ ।
विमानस्थलमा जडित उपकरण पनि अत्याधुनिक रहेकाले कम भिजिबिलिटीमा पनि सहजै विमान अवतरण गर्न सकिनेछ । विमानस्थलका अनुसार विमान अवतरणका लागि कम्तीमा पनि १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा यहाँ ६ सय मिटरमै अवतरण गर्न सकिनेछ ।

विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एन्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयको सुझाव छ । हालसम्म लुम्बिनी आउने ९० प्रतिशत विदेशी पर्यटक भारतीय ट्राभल्स एजेन्सीले नै बनाएको प्याकेजमा आउने गर्छन् । गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाई उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने विश्वास छ । सुरुमा प्रतिदिन १० र सन् २०३३ सम्म ६० वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको दाहालले बताए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago