नेपाल बैंक लिमिटेड (NBL) ले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाट नेपाल बैंक लि. मा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
अमेरिकी डलर, पाउन्ड स्टर्लिंग र अष्ट्रेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५% र ५% दिने बैंकले जनाएको छ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर ५,००० वा सो वरावरको अन्य विदेश मुद्रा हुनुपर्ने छ ।
एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिने छ ।
नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४८ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यस बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढीरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत दशैभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । विदेशमा रहेका नेपालीहरुको समेत अत्यन्त आकर्षक नेपाल बैंक लि. ले संचालनमा ल्याएका नयाँ एनआरएन निक्षेप योजनाले गैर आवासीय नेपालीहरुलाई अनलाइनबाट नै सहज रुपमा नेपालमा बचत गर्ने अवसर प्रदान गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…