बिहीबार शेयर बजारमा अनौटो उछाल

२०७९, १२ श्रावण बिहीबार २२:१३

काठमाडौं: बिहीबार शेयर बजारमा अनौटो उछाल देखियो । आज कारोबार सुरुभएदेखिनै शेयर बजार सुधारको लयमा थियो । यहि क्रममा एक बजेर ३४ मिनेटसम्ममा ४२ अंक भन्दा माथिको सुधार देखियो । यस पछि नाफा बुक गर्नेले शेयर सप्लाइ बढाउन घट्ने क्रम सुरु भयो ।

आजै नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । बोर्डले नयाँ स्टक एक्सचेन्जदेखि लिएर नयाँ ब्रोकर लाइसेन्स जारी गर्नेसम्मका हल्ला बजारमा फैलिएको छ । यसैको विरोध जनाउन ब्रोकरले कारोबारको अन्तिम समयमा बजार घटाउन सप्लाइ दिए । जसले गर्दा कारोबार सकिनु भन्दा ५ मिनेट अगाडीसम्ममा शेयर बजारमा १५ अंकले गिरावट देखियो । तर अन्तिम ५ मिनेटमा लगानीकर्ताले ब्रकरको सप्लाइ नै खाइदिए । अन्तत अन्तिम समयमा घटाउन खोजिएको बजारमा उल्टै १५ अंकले सुधार भयो ।

आजको शेयर बजारको प्याट्रन हेर्दा लगानीकर्ताले हाइड्रोपावर र फाइनान्सको शेयर मूल्य उचालेर बजार बढाउन खोज्दा बिहीबार नेप्से सूचक ४२ अंकले सुधारिएर अन्तिममा उल्लटै रातो भएर बन्द हुने अवस्था आयो । तर अन्तिम ५ मिनेटमा १५ अंकले घटेको शेयर बजारमा १५ अंकले नै सुधार भएर बन्द भयो । ठुला लगानीकर्ताले थोरै थोरै गरी जलविद्युत कम्पनी र फाइनान्सको शेयर सप्लाइ गर्दा बजारमा तिव्र उतारचढाव देखिएको हो । हकप्रद घोषणा भएका हाइड्रोपावरमा सप्लाइ आएको छ । विगतका दिनमा सर्वाधिक कारोबार भएका कम्पनीकै शेयरमा सप्लाइ आए पनि बजार बढ्नुको सट्टा घट्न थालेको हो ।

बिहीबार नेप्से सूचक १५.४७ अंकले सुधार भएर २१२७.४५ अंकमा रोकिएको छ । कारोबार रकम यस सिजनकै सर्वाधिक धेरै ४ अर्ब ९७ करोड रुपैयाँको भएको छ । निर्जीवन, उत्पादन तथा प्रशोधनमुलक र अन्य सूचकमा गिरावट देखिए पनि बाँकी सूचकमा सुधार आएको छ । सर्वाधिक धेरै बुद्धभुमी, राष्ट्र उत्थान, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावरको शेयर मूल्यमा सुधार भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु